phone +977 01 2345678

email [email protected]

location_on मादी नगरपालिका, -१ उम्लिङ्ग, संखुवासभा

विद्यालयको इतिहास

विक्रम सम्वत २००७ सालमा राणा शासनको अन्त्य भइ प्रजातन्त्रको स्थापनाभए पछि देशमाआएको शैक्षिक लहरबाट उम्लिङ्ग गाउ ँपनि अछुतो रहन सकेन । वर्षेच्याउ उम्रे झैं विद्यालय खुल्ने क्रम देशभरी चलिरहयो । यहि क्रममा विक्रम संम्वत २०११ साल वैशाख ५ गते थरी नर बहादुर कार्कीले आफ्नै छोरा भतिजा र गाउँका विद्यार्थी १६ जनाजम्मा गरी गोठ कटेरो बनाइ मादी मूलखर्क घिमिरे गाउँका देवराज उपाध्यायलाइ शिक्षकल्याइ पठनपाठन कार्य शुरु गर्नु भयो। हालको यो विद्यालयको सेवा क्षेत्र अर्थात चाम्लिङ्ग खोला उत्तर, उत्तरेको पश्चिम, इच्छाराम कमिनीखोला दक्षिण, दोभानपूर्व यति चार किल्लाभित्र रहेको जम्मा ९० घर धुरी मादीले विर्तावलाहरुको विर्ता पर्दथ्यो। उनिहरुले यहाँका जनताहरुलाई स्वतन्त्रता प्रदान गरेका थिएनन्। ज्यादै थिचो मिचो गरी समयमै ठेग तिर्नु पर्ने र पहिलो फलेको र मिठो खाद्यान्य फलफुल घ्यू, कुराउनी आदी पहिले विर्तावालामुखियालाई बुझाउनु पर्ने र बाँकी मात्रआफुले उपयोग गर्ने नियमथियो। ठेग तिरेर पनिआफ्नो बाँच्ने आधार टुट्छ भनि सँधै विर्तावालाको अगाडि शिर झुकाएर हिड्नु पर्दथ्यो।

त्यसैले यस क्षेत्रका जनतामध्ये स्व. डिकबहादुर अधिकारी र स्व. मानध्वज कार्की पालैपलो गरी स्व.नरबहादुर कार्कीलाइ भेटी तपाइँले पाठशाला खाल्नुभयो, हाम्रा लागि भएन कस्लाइ भन्ने? विर्तावालाइभनौ भने हामीदेखि रुष्ट छन्, के गर्ने? जस्ता प्रश्न गर्न थाल्नु भयो। यस अघि नै विर्तावालाहरुले यस क्षेत्रमा रहेका रैकर जग्गा समेत आफ्नो अधिनमाल्याउनको लागि थरी नरबहादुर कार्कीलाइ मादीविर्ताको ताइ चौतारोमा मानिस काट्यो भनि २००६ सालमाआफ्ना छोरा भतिजा (चन्द्रशेखर, जीवप्रशाद)को नामबाट श्रीप्रशाददाहालले मुद्दा हाल्नलगाएको र आफुले प्रतिवादीखापी धेरै वर्ष मुद्दा चलेको थियो। धेरै वर्ष मुद्दा चलेपछि श्रीप्रशादले नै अब हामी मुद्दा नगरौ छोरा, मिल्नु पर्छ भनि समझदारी भएपछि थरी नरबहादुर कार्की र विर्तावालाको सम्बध नजिकिएको थियो। जसले गर्दा थरी नर बहादुर कार्की लाइ मादी आउनजान र विर्तावालासँग कुरा गर्न सजिलो भएको थियो। विभिन्न धार्मिक कार्यहरुमा थरी नरबहादुर कार्कीलाइ मादी बोलाइन्थ्यो ।

डिक बहादुर कार्की रमानध्वजकार्कीको पटक पटकको कुरा सनेपछि बिक्रम सम्वत २०११ सालभदौ महिनामा थरी नरबहादुर कार्की विर्तामा श्रीप्रशादको घरमा गइ कुराकानीगर्दै जाँदा यहाँ मादीमा तपाइँहरुले बि. स. २००८ साल देखि विद्यालय खोल्नु भयो, उम्लिङ्ग तपाइँहरुकै विर्ता भन्नुहुन्छ, त्यहाँका केटा केटीले विद्यालय नभएर क, ख चित्रे मौका पाएनन् त्यहाँपनि स्कुलखोल्न पाए राम्रो हुन्थ्यो होलाभनि कुरा कानी गरेपछि कुरा ठिकै हो एकपठक उनिहरुलाइ नै पठाइदिनु भनेकाले भोलिपल्ट फर्किआउँदा मानध्वज कार्कीको घरमा निस्कदा नभेटेपछि डिकबहादुरको घरमा आइत्यहि खानपिन गरी कुराकानी गरेर दुई दिन पछि नै डिकबहादुर, मानध्वज आदिमानिसहरु विर्तामा श्रीप्रशादको घर गइविद्यालय खोल्ने सहमति गरेर आएपछि भदौ २० गते नै डिकबहादुरको घरमा थरी नर बहादुरको समेत उपस्थितिमा १०÷१२ जनामानिसहरु जम्माभई पाठशाला खोल्नु पर्छ भनि छलफल भयो। आजै देखि शुरु गर्नुपर्छ भत्रे भनाइ धेरैको भएतापनिआज २० गते शुन्य गते बाट शुरु गर्नु हुदैन भत्रे तर्क आएकाले २०११ सालभदौ २३ गते देखि पठनपाठन गरियो। यस गाउँ कातत्कालिन पुरोहित तेह्रथुम सुर्के निवासीभवानीप्रशाद भट्टराईलाइशिक्षक राखी पढाउन शुरु गर्ने सहमतिभयो र डिक बहादुर अधिकारी कै घर नजिक कटेरो स्थापना गरी पठनपाठन शुरु गरियो ।

यसरी तलमाथि गरी दुइवटा पाठशाला खालिएको हुँदा र घरघरमा नै पठनपाठन गर्न असजिलो भएकको कारणबाट दुबै ठाउँका अभिभावकहरुको सहमतिमापुनः थरी नरबहादुर कार्की विर्तावालाश्रीप्रशादको घरमा गइ कुराकानीहुँदादुई ठाउँमा पढाउँदा खर्च पनि बढी, शिक्षक राख्नपनि कठिन, केटाकटीको सङ्ख्यापनिकमि हुन्छ, त्यसैले दुवै पाठशालालाई गाउँको बिचमापार्नु र मेरा बाबु श्री नारायणको नामबाट प्राथमिक विद्यालय खोल्नु भनिविर्तावाल श्री प्रशादले भनेपछि पुनः तलमाथिका अभिभावकबसी छलफल गर्दा तलकाअभिभावकले हाल यो विद्यालयभइरहेको ठाउँमा र माथिकाअभिभावकले केहीमाथिहाल वडा कार्यलय स्थापना गर्न बन्दो बस्त गरीएको जग्गाको करीब २०० मिटर दक्षिण पश्चिममाविद्यालयबनाउनु पर्छ भनेर तर्क गरागर भएतापनिअन्त्यमाहालविद्यालय रहैको यही ठाउँमा नै विद्यालयखोल्ने सहमतिभयो ।

२०११ सालमंसिर÷पौष महिनातिर श्री ने. रा. नारायण प्रा. वि को नामले शिलान्यास गरी कटेरो बनाई तलमाथिदुवै ठाउँका केटाकेटी एकै ठाउँमा जम्मा गरी शुरुमाभवानीप्रशाद भट्टराईद्वारा नै पठनपाठन शुरु गरियो। यसरी यो विद्यालयको स्थापनाहुनगएको हो। २०१३ सालफागुनमहिनामातत्कालिन राजाश्री ५ महेन्द्र वीर विक्रमशाहको धनकुटाको फाङ्दुवामा सवारी हुँदा यस गाउका स्व. डिक बहादुर अधिकारी, लिलाबहादुर अधिकारी, नारायण ध्वजअधिकारीआदीअभिभावकत्यहाँ सवारीमागइविन्तीजाहेर गर्दा स्कुलको नाममा रु ४००(चार सय) आर्थिक सहायताप्राप्तभएको थियो। सो रकमबाट विद्यालयको एक तले भवन २०१४ साल वैशाखमा बनेको थियो। त्यो समय सम्म विद्यालयको सम्पुूर्ण खर्च गाउँवासीहरुले नै बेहोर्नु परेको थियो ।

स्थापनाकालका संस्थापक सञ्चालक समितिकापदाधिकारीहरु निम्नअनुसार हुनुहुन्थ्यो।
१. सभापति स्व. डिक बहादुर अधिकारी
२. उपसभापति स्व.मानध्वजकार्की
३. कोषाध्यक्षश्री खड्ग बहादुर खतिवडा
४. सेक्रेटरी स्व. गंगाबहादुर अधिकारी
५. सदस्य स्व. धनराजकार्की
६. सदस्य स्व. नर बहादुर कार्की
७. सदस्य स्व. सल बहादुर खुलाल
८. सदस्य स्व भक्तबहादुर घिमिरे
९. सदस्यश्री लिलाबहादुर अधिकारी
१०. सदस्य स्व. जय बहादुर आचार्य

विद्यालयको सम्पूर्ण आर्थिक भार स्थापनाकालदेखि नै गाउँवासीहरुले नै बेहोरी रहेको अवस्थामा यस गाउँका सक्रियजनताको पहलमा २०१५ सालमावर्षिक रु ९००।— (नौ सय मात्र) २०१८ सालमा रु १,१०० (एक हजार एक सयमात्र) र २०२२ सालमा रु२,२०० (दुई हजार दुई सय आर्थिक सहायताप्राप्तभएको थियो।

२०१५ सालमा स्वीकृतिपाएको यो विद्यालयमा स्थापनाकाल देखि नै कक्षा १ देखि कक्षा ५ सम्म चलिरहेकोमा तत्कालिन प्र. अ. तेज बहादुर कार्कीको प्रयासमायहाँकाजनताको आवश्यकतालाइमहशुस गरी २०२१ सालमामादीहाइस्कुलसँग सहमति गरी यस विद्यालयमाकक्षा ६ सम्म सञ्चालनभएको थियो ।

२०२८ सालमा राष्ट्रिय शिक्षा पद्दतीको योजनालागू भए पछि शिक्षा क्षेत्रमा ठुलो हलचलआउनु स्वभाविकै हो। रा. शि. प.को याजना २०२८ ले संरचनामा परिवर्तन गरी कक्षा १–३ प्राथमिकतह, कक्षा ४–७निम्नमाध्यमिकतहर कक्षा ८–१० माध्यमिकतहभनि किटान गरेकोले यो विद्यालयपनिकक्षा १–३(प्राथमिकतहमा)झर्नबाध्यहुनुपर्यो। यो गाउँअत्यन्तदुर्गम रहेको र अन्यनिम्नमाद्यमिकविद्यालयपनिज्यादै टाढा रहेका थिए। गाउँलेहरुको आर्थिक अवस्थाकमजोर थियो। साथै कक्षा ३ मात्र उत्तीर्ण गरेका बालबालिकाज्यादै सानापनिहुन्थे। जसले गर्दा धेरै बालबालिकाले पढ्न छाड्नु पर्ने बाध्यकारी अवस्था सृजनाहुने यथार्थ परिस्थितिलाई मनन् गरी तत्कालिन प्र. अ. रामकुमार ओझाको सक्रियतामागाउँकाबुध्दीजिवी समाजसेवीहरुको सरसल्लाह र सहयोग तथा राज्यको नीति समेत परिवर्तनका कारण २०३४ साल देखि यस विद्यालयमा नि. मा. तहकक्षा ४–७ सञ्चालनभएको थियो। र यहि समय देखि नै विद्यालयको नामपनिगाउँको नामबाट उम्लिङ्ग रहनगएको थियो ।

भौगोलिक दृष्टिकाणले यो ठाउँ ज्यादै दुर्गम र विकट रहेको हुँदाकक्षा७ उत्तीर्ण गरी कक्षा ८मा गएर मा. वि. तहको अध्ययन गर्न यहाँकाबालबालिकालाई ज्यादै गाह्रो भएको महशुस गर्नुका साथै गाउँमा नै माद्यमिकविद्यालय शुरु गरौ भत्रे भावनाजागृत भएको र गाउमा नै शैक्षिक प्रमाणपत्रधारी शिक्षितव्यक्तिहरुको उतपादनपनि बढ्दै गएको कुरालाई महशुस गरी तत्कालिन प्र. अ. रामकुमार ओझा, वि. व्य. स.अध्यक्ष खड्ग बहादुर ओझा,वि. व्य.स. पदाधिकारीहरु, शिक्षक स्टाफ,बुध्दिजीवी, शिक्षाप्रेमी, समाजसेवीएवं सम्पूर्ण गाउँवासीअभिभावकहरुको सक्रियतामा रगाउँवासीहरुकै आर्थिक सहयोगमा २०५३ पौष देखि यस विद्यालयमा मा. वि. तहकक्षा ८, २०५४मा कक्षा ९ र २०५५मा कक्षा १० सञ्चालनभएको हो। मा. वि. कक्षा सञ्चालनकाशुरु वर्षहरुमाविद्यालयको सम्पूर्ण आर्थिक, भौतिकजिम्मेवारी स्थानीयअभिभावकहरुको रहेकोर निजि स्रोतबाट शिक्षकलाइतलबभत्ताखुवाउनु पर्दा विद्यालयले निकै अफ्ट्यारा परिस्थितिहरुको सामना गर्नू परेको थियो।