phone +977 01 2345678

email [email protected]

location_on मादी नगरपालिका, -१ उम्लिङ्ग, संखुवासभा

  • मादी नगरपालिकाको एक उत्कृष्ट बिद्यालय
    यस विद्यालयको नाम स्थापना कालमा श्री नारायण प्राथमिक विद्यालय उमलिङ्ग थियो। अग्रज हरुको सकृयतामा वि सं २०११ सालमा विद्यालय स्थापना हुनु भनेको चानचुने कुरा थिएन |
  • मादी नगरपालिकाको एक उत्कृष्ट बिद्यालय
    यस विद्यालयको नाम स्थापना कालमा श्री नारायण प्राथमिक विद्यालय उमलिङ्ग थियो। अग्रज हरुको सकृयतामा वि सं २०११ सालमा विद्यालय स्थापना हुनु भनेको चानचुने कुरा थिएन |

विद्यालयको परिचय

विक्रम सम्वत २००७ सालमा राणा शासनको अन्त्य भइ प्रजातन्त्रको स्थापना भए पछि देशमाआएको शैक्षिक लहरबाट उम्लिङ्ग गाउपनि अछुतो रहन सकेन । वर्षे च्याउ उम्रेझैं विद्यालय खुल्ने क्रम देशभरी चलिरहयो । यहि क्रममा विक्रम संम्वत २०११ साल वैशाख ५ गते थरी नर बहादुर कार्कीले आफ्नै छोरा भतिजा र गाउँका १६ जना विद्यार्थी जम्मा गरी गोठ कटेरो बनाइ मादी मूलखर्क घिमिरे गाउँका देवराज उपाध्यायलाइ शिक्षक ल्याइ पठनपाठन कार्य शुरु गरेका थिए ।

हालको यो विद्यालयको सेवा क्षेत्र अर्थात चाम्लिङ्ग खोला उत्तर, उत्तरेको पश्चिम, इच्छाराम कमिनीखोला दक्षिण, दोभानपूर्व यति चार किल्लाभित्र रहेको जम्मा ९० घर धुरी मादीले विर्तावलाहरुको विर्ता पर्दथ्यो। उनिहरुले यहाँका जनताहरुलाई स्वतन्त्रता प्रदान गरेका थिएनन्। ज्यादै थिचो मिचो गरी समयमै ठेग तिर्नु पर्ने र पहिलो फलेको र मिठो खाद्यान्य फलफुल घ्यू, कुराउनी आदी पहिले विर्तावाला मुखियालाई बुझाउनु पर्ने र बाँकी मात्रआफुले उपयोग गर्ने नियम थियो। ठेग तिरेर पनिआफ्नो बाँच्ने आधार टुट्छ भनि सँधै विर्तावालाको अगाडि शिर झुकाएर हिड्नु पर्दथ्यो।

About Image

बिद्यालयका गतिविधिहरु

सामाजिक संजाल